एसइईका विद्यार्थीको आन्तरिक मूल्यांकन सकियो:बैतडी शिक्षा विकास तथा समन्वय इकाइ

एसइईका विद्यार्थीको आन्तरिक मूल्यांकन सकियो:बैतडी शिक्षा विकास तथा समन्वय इकाइ

बैतडी २७ असार। बैतडी जिल्लाभरका माध्यमिक विद्यालयका एसइई दिन नपाएको विद्यार्थीको आन्तरिक मूल्यांकन सम्पन्न भएको छ।

सरकारले चैत ११ गतेदेखि सुरु भएको लकडाउन कारणले एसइई परीक्षा सञ्चालन हुन नसक्दा आन्तरिक मूल्यांकन बाट विद्यार्थीलाई नम्बर वितरण गर्न आदेश दिएको थियो। बैतडीका ५ हजार ६९४ ले विद्यार्थीले परीक्षा दिन पाएका थिएनन्। जिल्लाका २ हजार ७ सय २८ छात्र र २ हजार ९ सय ६६ छात्राको आन्तरिक मूल्यांकन गरिएको हो।

शिक्षा विकास तथा समन्वय इकाइ बैतडीमा आइपुगेको सूचना अधिकारी पुष्कर शर्माका अुसार १२४ ओटा माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरुको आन्तरिक मूल्यांकन बाट वितरण गरिएको छ।

प्रत्येक विद्यालयहरूले प्रथम त्रैमासिक, अर्ध बार्षिक र बार्षिक परीक्षाको आधारमा आन्तरिक मूल्यांकन गरेर विद्यार्थीहरुको नतिजा पठाइसकिएको छ,उनले भने विद्यालयहरूले पठाएको आन्तरिक मूल्यांकनको नतिजा एकीकृत गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउने तयारी भएको छ।

जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनका कारण रोकिएको कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) यसवर्ष नगर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकन ग्रेड सीट तयार पार्ने निर्णय गरेको हो।



ट्रेन्डिङ