सिन्धुपाल्चोकमा कोरोनाको कारण एकजनाको मृत्यु

सिन्धुपाल्चोकमा कोरोनाको कारण एकजनाको मृत्यु

काठमाडौं २७ असार। सिन्धुपाल्चोकमा कोरोनाकै कारण एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिकाका एक पुरुषको मृत्यु भएको हो। पाटन अस्पतालमा शुक्रबार मिर्गौलासम्बन्धी रोगको उपचारका क्रममा उनको मृत्यु भएको पाटन स्वास्थ्‍य विज्ञान प्रतिष्ठानका निर्देशक डा विष्णुप्रसाद शर्माले पुष्टि गरे।

जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेका अनुसार मृतक उपचारका लागि काठमाडौँको पाटन अस्पताल गएका उनको हिजो राति मृत्यु भएको थियो।उहाँको स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजेटिभ देखाएपछि पाटन अस्पताल राखिएको थियो।

आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  सिन्धुपाल्चोकमा यसअघि बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्कोरी महिलाको कोभिडकै कारण नेपालमै पहिलो मृत्यु भएको थियो।



ट्रेन्डिङ