३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइयो

३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइयो

काठमाडौं २७ असार। २०७५ माघमा यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको छ ।

इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहका अनुसार उनलाई काठमाडौं उत्रिएपछि गौशाला प्रहरीको जिम्मा लगाइएको छ ।

काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दुबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।



ट्रेन्डिङ