काठमाडौं उपत्यकामा साझा बस सञ्चालन हुने

काठमाडौं उपत्यकामा साझा बस सञ्चालन हुने

काठमाडौं २७ असार। सार्वजनिक यातायात व्यवसायीले सरकारले आफ्नो माग पूरा नगरे बस सञ्चालन नगर्ने बताइरहेका बेला काठमाडौं उपत्यकामा भने छिट्टै साझा बस सञ्चालन हुने भएको छ ।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा साझा बस सञ्चालन गर्ने जानकारी दिएका छन् । उनले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने बताएका छन् ।

सरकारले तोकेको मापदण्ड पालना गर्दै बस सञ्चालन हुन लागेको हो । साझाले ४ महिनादेखि पार्किङ गरेर राखेका बस मर्मतको काम थालेको छ ।

सरकारले ५० प्रतिशत यात्रु बोक्न पाउने, ५० प्रतिशत बढी भाडा लिन पाउने र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने सर्तमा बस सेवा सञ्चालन गर्न दिने निर्णय भएको छ ।



ट्रेन्डिङ