बाढी र डुबान क्षेत्रको निरीक्षण गर्न नेकपा अध्यक्ष प्रचण्ड माडी जाँदै, भरतपुरकी मेयरले समेत डुबानको सम्भावित क्षेत्र पुगेर निरीक्षण गरिन

बाढी र डुबान क्षेत्रको निरीक्षण गर्न नेकपा अध्यक्ष प्रचण्ड माडी जाँदै, भरतपुरकी मेयरले समेत डुबानको सम्भावित क्षेत्र पुगेर निरीक्षण गरिन

चितवन २७ असार । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन आइपुगेका छन् । निरन्तर परेको वर्षाले चितवनको माडी क्षेत्रमा डुबान पर्न थालेको सूचना पाएपछि अध्यक्ष दाहाल चितवन आइपुगेका हुन । भरतपुरबाट माडी तर्फ जाने तयारी भइरहेको एकनेताले जानकारी दिए । माडी पुगेर डुबान क्षेत्र र बाढीका जोखिम क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।  अध्यक्ष दाहालको निर्वाचन क्षेत्र अन्तर्गत माडी पर्दछ ।

यता भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले पनि बाढी प्रभावित हुने क्षेत्रमा चासो बढाएको छ । नारायणी नदी र राप्ती नदीको कटान क्षेत्रमै पुगेर स्थानीयको गुनासो सुन्ने प्रयास गरेकीछिन् । चितवनका प्रमुख जिल्ला अधिकारी सहितको टिमले डुवानहुने सम्भावित क्षेत्रको अवलोकन गरेका छन् । भरतपुर महानगरपालिकाको पश्चिम चितवन र नारायणी नदी किनारवरपरका बस्तीमा पुगेर उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेकी छिन् ।



ट्रेन्डिङ