भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाखभन्दा बढी

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाखभन्दा बढी

एजेन्सी २७ असार। भारतमा पछिल्लो २४ घन्टामा २७ हजार ११४ जना कोरोना सङ्क्रमित थपिएका छन्। यो सङ्ख्या एकैदिनमा सङ्क्रमित भएकाहरुको सङ्ख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५१९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । देशभरी कुल सङ्क्रमितमध्ये दुई लाख ८३ हजार ४०७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख १५ हजार ३८६ जना सङ्क्रमणमुक्त भएका छन् भने २२ हजार १२३ जनाको मृत्यु भएको छ । भारतका प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश बढी प्रभावित भएको छ ।

विश्वभरीको तथ्यांक हेर्दा भारत तेस्रो धेरै सङ्क्रमितहरु रहेको देशमा पर्दछ । भारतमा कोभिड–१९ सङ्क्रमितमध्ये ६२।४२ प्रतिशत व्यक्ति उपचारपछि निको भई घर फर्किएका भारतको संघीय मन्त्रालयले शुक्रबार बताएको छ । मृत्यु दर २.७२ प्रतिशतमा झरेको बताइएको छ ।



ट्रेन्डिङ