सेलिब्रेटी मोडेल सुनिता दहित होमस्टे संचालनमा व्यस्त, फिल्मक्षेत्रमा प्रवेश गर्ने इच्छा छः सुनिता

सेलिब्रेटी मोडेल सुनिता दहित होमस्टे संचालनमा व्यस्त, फिल्मक्षेत्रमा प्रवेश गर्ने इच्छा छः सुनिता

पिविएम न्यूज-

थारु भाषाको गीतसँंगीतमा रुचि राख्नेहरुका लागि सुनिता दहित नाम नौलो होइन । थारु भाषाको भ्यूजिक भिडियोहरुमा उनको अभिनय हेर्न पाइन्छ । थारु समुदायका परिचित मोडेल हुन । म्यूजिक भिडियोमा व्यस्त रहेकी सुनिता हिजोआज बाँकेको सुर्खेत रोड चिसापानी स्थित होमस्टेमा व्यस्त छिन् ।

नेपाली र थारु भाषाको गरी ४५ वटा भन्दाबढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुनिताले मोडलिङ सँगै व्यापार व्यवसायमा सक्रिय बनेकी छिन् । उनले बाँकेको सुर्खेत रोड चिसापानीमा आफैले होमस्टे संचालन गरेकी छिन् । उनको पछिल्लो अवस्थालाई उनकै शव्दमा राखेका छौं ।

मेरो घर बाँके चिसापानी सुर्खेत रोडमा पर्छ । म कक्षा ९ पढ्दादेखि नै यो क्षेत्रमा लागेकी हुँ । अहिले ४५ वटाभन्दाबढी भयो म्यूजिक भिडियोमा अभिनय गरेको । नेपाली र देउडा तीज गीतमा समेत मैले अभिनय गरेकी छु । मैले पहिलो पटक थारु भाषाकै म्यूजिक भिडियोमा अभिनय गरेकी हुँ । मोर मैया भुलादेलो न…… गीतमा पहिलो पटक मैले अभिनय गरेकी छु । विशेषगरी मेरो बाबाको सहयोग छ मलाई । उहाँकै सहयोग र समर्थनले यो क्षेत्रमा लागेकी हुँ । आमाको सहयोग खासै थिएन मलाई । पहिला बुबा पनि थारु फिल्म क्षेत्रमै हुनुहुन्थ्यो । उहाँको रुचिपनि यो क्षेत्रमा भएकोले मलाई यो क्षेत्रमा आउन खासै धेरै समस्या परेन ।  हुन त कामगर्दा मेहनत र परिश्रम त जस्ले पनि गर्ने पर्छ तर पनि परिवारवाट त्यतिठूलो झमेला भएन ।

म सानो हुँदा स्कुलमा पढ्दै डान्स गर्थे । मैले खेलेको पहिलो म्यूजिक भिडियो स्याडगीत थियो । सुटिङमा बुबा, दिदीहरुको अगाडी अभिनय गरेको थिए । मलाई त्यो पल जीवनकै सुन्दर र रमाइलो लाग्छ । उहाँहरुको अगाडी अभिनय गर्न पाउँदा मलाई अत्यन्तै गर्व लागेको थियो । त्यो दिनदेखि नै उत्साहित भएर यो क्षेत्रमा लाग्ने निर्णयमा पुगेकी हुँ ।

मोडलिङ सँगै मेरो आफ्नै विजनेश छ अहिले । आफैले होमस्टे संचालन गर्दै आएको छु दहित होमस्टे सुर्खेत रोड चिसापानी बाँकेमा छ । तपाई यता आउनुभयो भने होमस्टे पनि आउनुहोला ।
एकवर्षभयो होमस्टे बनाउन लागेको, अझै बन्दै छ । लक डाउनले गर्दा पुरै बन्द भयो । दशै अगाडी सुरु गरेको थिए । पार्टटाईमको रुपमा मोडलिङ गर्छु अहिले । अहिले खुशी लाग्छ । यो समयमा आफ्नै व्यापार व्यवसायसँगै मोडलिङ गरिराछु । केहि कलाकारहरु पनि आए मेरो होमस्टेमा बसेर जानुभयो । विशेषगरी थारु परिकारहरु पाइन्छ यहाँ । १५ – १६ वटा होमस्टे छ हाम्रो गाउँमा । हाम्रो चाहिँ १४ नम्बरमा पर्छ । जे होस खुशी लाग्छ होमस्टे संचालन गरेर राम्रो नै भइराखेको छ ।
अब चाहिँ मोडलिङ सँगै फिल्म क्षेत्रमा प्रवेश गर्ने इच्छा छ । हेरौं कहिले सम्म मेरो पुरा हुन्छ । आशा गरौं छिट्टै यहाँहरुले फिल्म क्षेत्रमा पनि अभिनय हेर्नपाउनुहुनेछ । मैले खेलेको म्यूजिक भिडियोलाई जस्तै मैले अभिनय गरेको फिल्मलाई पनि माया गर्नुहुनेछ ।

सुनिताले संचालन गरेकी होमस्टे

सुनिता सानोमा बुबासँग ।

 



ट्रेन्डिङ