माडीको रिउखोलामा शव भेटिएको व्यक्तिको पहिचान खुल्यो

माडीको रिउखोलामा शव भेटिएको व्यक्तिको पहिचान खुल्यो

माडी २७ असार । चितवनको माडीमा बाढीले बगाएर मृत्युभएको व्यक्तिको पहिचान खुलेको छ । माडी नगरपालिका वडा नं. ८ खरकट्टा बस्ने अन्दाजी ४२ वर्षका सुरज भनिने पुर्वसिंह तामाङ रहेको चितवन प्रहरीले जानकारी दिएको छ । माडीको सिमरा नजिकै रिउनदिको किनारमा उनको शव फेला परेको थियो ।

उनलाई रिमाल खोलाको बाढीले बगाएको हुन सक्ने अनुमान गरिएको छ । उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ