भारतीय समाचार च्यानल बन्द भएपछि भरतपुर अस्पतालका चिकित्सकले दिए आपत्तिजनक अभिव्यक्ति

चितवन २७ असार। चितवनको भरतपुर अस्पतालमा काम गर्ने एक चिकित्सकले आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको छ ।आपत्तिजनक अभिव्यक्ति दिएको भिडियोबारे प्रहरीले छानविन थालेको छ।
नेपालमा भारतीय समाचार च्यानल बन्द भएपछि भरतपुर अस्पतालको मेडिसिन विभागमा कार्यरत डा ऋतुराज तिवारीले एक आपत्तिजनक भिडियो रेकर्ड गराएका थिए ।
अश्लील शव्द प्रयोग गर्दै हिन्दी भाषामा ‘भारतले सीमा बन्द गरिदिए ‘ खान्छौ नेपाली रु तिमीहरुलाई चीनले ‘ दिन्छ की, जापानले दिन्छ ?’ भनेका छन् । सो भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।
डा तिवारीलाई आपत्तिजनक अभिव्यक्ति दिएकाले चितवन प्रहरीले सोधपुछका लागि बोलाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले डा। तिवारीमाथि सोधपुछ गरिने बताए । ‘उनको अभिव्यक्तिमाथि साइबर क्राइमको मुद्दा पनि चल्न सक्छ, अर्को राज्यविरुद्धको अपराध जस्तो पनि देखिन्छ,’ प्रहरी निरीक्षक भट्टले भने ।
विवादास्पद छविका डा तिवारी गत असार १ गतेबाट दैनिक ज्यालादारीमा काम गर्ने गरी भरतपुर अस्पतालमा नियुक्त भएका थिए ।