म्याग्दी पहिरो अपडेट- बेपत्ता भएका मध्ये १० जनाको शव भेटियो

म्याग्दी  पहिरो अपडेट- बेपत्ता भएका मध्ये १० जनाको शव भेटियो

म्याग्दी २७ असार। शनिबार बिहानसम्म म्याग्दीको विभिन्न स्थानमा गएको पहिरोमा परी बेपत्ता भएका मध्ये १० जनाको शव भेटिएको छ।

धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी बेपत्ता भएका २१ मध्ये ९ जनाको शव भेटिएको छ। वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो।

सात जना बेपत्ता भएको रिखमा सुरक्षाकर्मीको टोली जाँदैछ। रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर बेपत्ता भएका नलिमान छन्त्यालको शुक्रबार नै शव भेटिएको थियो।

मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा बेपत्ता आठको खोजीमा शनिबार बिहान आएकाे सेना, शसस्त्र र प्रहरीको टोलीले काम सुरु गरेको वडाअध्यक्ष रेशम जुग्जालीले बताए।

रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर बेपत्ता भएका नलिमान छन्त्यालको शुक्रबार नै शव भेटिएको थियो। दुखुखोलाले बगाएर बेपत्ता भएकी मालिका–६ की गीता रोका अझै फेला परेकी छैनन्। मराङको राम्चेमा पहिरोमा परी घाइते भएका चारजनाकाे हेलिकाेप्टरले उद्धार गरेर बेनी अस्पतालमा ल्याएको छ। एकजना गर्भवतिसमेत छिन्।



ट्रेन्डिङ