खानेपानीको विषयमा झडप हुँदा एक बालकको मृत्यु

खानेपानीको विषयमा झडप हुँदा एक बालकको मृत्यु

डडेल्धुरा २७ असार। डडेल्धुरामा खानेपानीको विषयमा झडप हुँदा एक बालकको मृत्यु भएको छ ।झडप हुँदा जिल्लाको आलिताल गाउँपालिका ६ झरकाडाका ८ वर्षीय बालक हिमांशु महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले भने, ‘खानेपानीको विषयमा विवाद भएको र कुटपिटमा बालकको ज्यान गएको प्रारम्भिक खुलेको छ । तर अहिलेसम्म जाहेरी आएको छैन ।’

कुटपिटमा घाइते भएका बालकको उपचारका क्रममा धनगढीमा मृत्यु भएको उनले बताए ।

घटनामा संलग्न चार जनालाई पक्राउ गरी अनुसन्धान थालिएको उनले जानकारी दिए ।



ट्रेन्डिङ