Banner News
थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं २७ असार। काठमाडौंको केएमसी अस्पताल सिनामंगलमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।
काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।