साउन १ गते देखि शिक्षकहरु अनिवार्य रुपमा विद्यालय पुग्नु पर्ने

साउन १ गते देखि शिक्षकहरु अनिवार्य रुपमा विद्यालय पुग्नु पर्ने

काठमाडौं २७ असार। साउन १ गते देखि विद्यालय देखि टाढा रहेका शिक्षकहरु अनिवार्य रुपमा विद्यालय पुग्नु पर्ने भएको छ ।

सरकारले घोषणा गरेको लकडाउनका कारण कतिपय शिक्षक विद्यालय जान पाएका छैनन्। कतिपय शिक्षकहरु विद्यालय भन्दा टाढा रहन परेको अवस्था छ।तर विद्यालय नजिकै रहेका कतिपय शिक्षकहरु पनि लकडाउनलाई वहाना बनाएर विद्यालय र बालबालिकाको सम्पर्कमा जान अल्छि गरे पछि शिक्षा मन्त्रालयले उनीहरुलाई विद्यालय पुग्नै पर्ने निर्णय गर्न लागेको हो। उनीहरुलाई आवश्यक पासको व्यवस्था मिलाउने प्रयोजनका लागि मन्त्रालयले कोभिड – १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) मा प्रस्ताव लगेको श्रोतले जनाएको छ ।

यस अघि गत जेठ २८ गते सरकारले लकडाउनको मोडालिटि परिवर्तन गरेर विद्यालयको प्रशासन खोल्न सकिने र शिक्षक विद्यालय जान सक्ने निर्णय गरे पनि कतिपय शिक्षकहरु पास नभएकोले आफूहरु विद्यालय भएको ठाउँ सम्म पुग्न नसकेको वहाना बनाएर घरै बसिरहेका थिए ।



ट्रेन्डिङ