नवलपरासीमा डाइभर्सन बगाउदा पूर्व पश्चिम राजमार्ग अबरुद्ध

नवलपरासीमा डाइभर्सन बगाउदा पूर्व पश्चिम राजमार्ग अबरुद्ध

गैडाकोट २७ असार। अविरल वर्षा पछि आएको बाढीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैडाकोटको डाइभर्सन बगाएको छ। राजमार्गमा पर्ने डाइभर्सन बगाए पछि सडक अबरुद्ध भएको छ ।

गैडाकोट नगरपालिका ९ थुम्सी स्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अबरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार डाइभर्सनमा राखिएको कल्र्भट बगाएको छ जस्ले गर्दा विहान ४ बजेबाट सडक अवरुद्ध भएको छ।

सडक बिस्नतारको जिम्मा पाएको चिनिया कम्पनिले अहिले नयाँ डाइभर्सन बनाउने तयारी गरिको छ ।



ट्रेन्डिङ