बाढीपहिरोमा परि २३ जनाको ज्यान गयो,३६ जना बेपत्ता

बाढीपहिरोमा परि २३ जनाको ज्यान गयो,३६ जना बेपत्ता

काठमाडौं २७ असार। देशका विभिन्न भागमा बाढीपहिरोले ठूलो धनजनको क्षति पुर्‍याउन थालेको छ।

गृह मन्त्रालयका अनुसार बिहीबार राति २३ जनाले ज्यान गुमाउनुका साथै ३६ जना बेपत्ता भएका छन्। मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार २६ जना घाइते छन्।

शुक्रबार साँझ ५ बजेसम्मको तथ्यांकअनुसार कास्कीको पोखरा महानगरपालिका र जाजरकोटको बारेकोट गाउँपालिकामा ७÷७, म्याग्दीका धौलागिरि र मालिका गाउँपालिका अनि लमजुङको बेसीसहर नगरपालिकामा ३÷३, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २ र गुल्मीको कालीगण्डकी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो। म्याग्दीमा ३१ र जाजरकोटमा पाँच जना बेपत्ता छन्। कास्कीमा १७, रुकुम पश्चिममा १, जाजरकोटमा ५, लमजुङमा ३ जना घाइते छन्।

बुधबार मध्यरात बाढीले सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा बाढीले दुईवटा बजारै तहसनहस पार्दा २ जनाको ज्यान गएको थियो। २२ जना बेपत्ता भएका थिए।



ट्रेन्डिङ