सरकारले भारतीय टेलिभिजनको प्रशारण रोकेकामा दियो धन्यवाद

सरकारले भारतीय टेलिभिजनको प्रशारण रोकेकामा दियो धन्यवाद

काठमाडौं २६ असार। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रशारण रोकेकामा विदेशी च्यानल वितरण मल्टि सिष्टम अपरेटर (एमएसओ) हरुलाई धन्यवाद दिएको छ ।

आज(शुक्रबार) विज्ञप्ति निकाल्दै मन्त्रालयले भनेको छ ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरुको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरुले जिम्मेवारी बोधका साथ स्वतस्फूर्तरुपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।’

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ति जारी गरी आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्नेर गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।



ट्रेन्डिङ