अब स:शुल्क कोरोना परीक्षण हरेक प्रदेशमा

अब स:शुल्क कोरोना परीक्षण हरेक प्रदेशमा

चितवन २६ असार। सबै प्रदेशमा ५ हजार ५ सय शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशिका भन्दा बाहिरको नमुना परीक्षणका लागि अनुमति दिएको हो ।

अहिलेसम्म पैसा तिरेर केवल काठमाडौंको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मात्र पीसीआर परीक्षणको अनुमति दिइएको थियो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले कम्तिमा पनि १ प्रदेशमा निर्देशिकका बाहेकका नमुना परीक्षणका लागि स्वीकृति दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

अब प्रदेश-१ मा कोसी अस्पताल, प्रदेश-२ को नारायाणी अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश-५ को  लुम्बिनी अस्पताल, कर्णाली प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेशिक प्रयोगशाला धनगढीबाट स:शुल्क कोरोनाको परीक्षण गराउन सकिने छ ।



ट्रेन्डिङ