एन्फाले गर्‍यो सेनाको खेल मैदान बनाउन सहयोग

एन्फाले गर्‍यो सेनाको खेल मैदान बनाउन सहयोग

काठमाडौं २६ असार। नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकूद मैदानलाई थप स्तरयुक्त बनाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले रु १४ लाख ५६ हजार मूल्य बराबरको सहयोग सामग्री प्रदान गरेको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रधानसेनापति पूर्णचन्द्र थापालाई उक्त मैदानमा ती सहयोग सामग्री हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

हस्तान्तरण गरिएका सामग्रीमा विशिष्ट व्यक्ति रहने प्यारापिटमुनि रहेको कोठामा खेलाडीका लागि लकर, फिजियोथेरापी बेड, रेफ्रिजिरेटर, ऐना, सोफा, टेबललगायत छन् । एन्फाले त्यहाँ रहेका तीन कोठामा गलैँचा, झ्यालमा ट्रान्स लुसेन्ट स्टिकर तथा रङरोगसमेत गरी सेनालाई हस्तान्तरण गरेको छ ।



ट्रेन्डिङ