२४ घन्टामा १ सय १८ जना कोरोना संक्रमित थपिए

२४ घन्टामा १ सय १८ जना कोरोना संक्रमित थपिए

काठमाडौं २६ असार। नेपालमा पछिल्लो २४ घन्टामा १ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय ६ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ५५ जनामा पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । योसँगै कूल ८०११ जना डिस्चार्ज भएका छन् । यो संख्या कूल संक्रमितको ४८.१ प्रतिशत हो ।



ट्रेन्डिङ