नवलपरासीमा खोलामा डुबेर दुई जना बेपत्ता

नवलपरासीमा खोलामा डुबेर दुई जना बेपत्ता

नवलपरासी २६ असार। नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–१५ मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन् ।आज बिहान माछा मार्न गएका तीनमध्ये दुई जना बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरे खोलामा डुबेका हुन् ।

जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार बेपत्ता हुनेमा सोही स्थान बस्ने २० वर्षीय सुधिर विक र १८ वर्षीय प्रवीण विक रहेको छन्।

उनीहरुसँगै गएका १६ वर्षीय सोहनकुमार सोनारले साथी खोलामा डुबेको खबर प्रहरीलाई गरेका थिए । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी र स्थानीयवासीसहितको टोलीले बेपत्ताको खोजी तीव्र पारेको प्रनाउ लामाले जानकारी दिनुभयो ।



ट्रेन्डिङ