लोकल कुखुरापालनले विदेशको पीडा भुल्दै, स्कुले सहपाठी मिलेर संचालन गरेको फार्मवाट मनग्ये आम्दानी

लोकल कुखुरापालनले विदेशको पीडा भुल्दै, स्कुले सहपाठी मिलेर संचालन गरेको फार्मवाट मनग्ये आम्दानी

पिविएम न्यूज
चितवन २६ असार । स्कुले सहपाठी मिलेर सुरु गरेको लोकल प्रजातिको कुखुरापालनले पूर्वी चितवनमा राम्रो आम्दानी गर्न सफल भएको छ ।  खैरहनी नगरपालिकाको वडा नं. १० बडगाउँमा तीनजना स्कुले सहपाठी मिलेर व्यवसायिक रुपमा लोकल प्रजातिका कुखुरा पालन गर्दै आएका छन् । सेयर्से कालिका पोल्ट्री फारम स्थापना गरेर डेढवर्ष अघिदेखि व्यवसायिक रुपमा लोकल प्रजातिका कुखुरा पालन थालेपछि उनीहरुको दैनिकी फेरिएको छ ।

खैरहनी नगरपालिका वडा नं. १० का विजय वर्तौला, वडा नं. ८ का सुजन चौधरी र वडा नं. ९ का विक्रम पंजियार यिनीहरु स्कुले सहपाठी हुन । एसएलसी सम्म सँगै पढेर छुटिएका तीनैजना साथीहरुलाई लोकल प्रजातिको कुखुराले फेरि सँगै बनाइदिएको छ । सफल उद्यमीको रुपमा स्थापित हुँदै गएका छन् ।

यस्तो छ यिनीहरुको पृष्ठभुमी –
विजय वर्तौलाः यिनी भारतीय सेनामा कार्यरत्त थिए । भारतीय सेनामा यिनलाई सन्तुष्टि मिलेन, सेवा छाडेर विदेशीए । अवसर खोज्दै पछि फिनल्याण्ड पुगें । केहि समय फिनल्याण्डमा विताए । त्यहाँपनि विजयलाई सन्तुष्टि मिलेन । घर फर्कीए । अहिले कुखुरा फारममा व्यस्त छन् । ‘मलाई सबैभन्दा खुशी अहिले मिलेको छ’ वर्तौलाले भने । घर परिवारँसगै बसेर राम्रो भइरहेको छ ।

 

 

सुजन चौधरी – यिनले पूर्वी चितवनमा आइएमई चलाउथें । आइएमई संचालनवाट चित्त बुझेन । विदेश गए, कतारमा चार वर्ष कामगरें । कतार पुगेपछि त्यहाँका तातो हावापानी र अरुको इसारामा बसेर कामगर्नुपर्ने बाध्यता भयो । कतारमा रहदा पनि यिनलाई चित्त बुझेन । चारवर्षपछि बैदेशिक बसाईलाई विटमार्दै स्वदेश फर्कीए । विदेशमा भोगेको पीडालाई स्थानीय प्रजातिको कुखुराले भुलाइदिएको छ । विहानैदेखि बेलुकी अबेर सम्म कुखुराकै रेखेदेख र स्याहार सुसारमा लाग्ने गरेको सुनाए । थोरै परिश्रममा राम्रो आम्दानी गर्न सफल भएको यिनले सुनाए ।

 

 

 

विक्रम पंजियार – यिनी भूवानी शंकर कलेजमा अध्ययरत्त विद्यार्थी नेता हुन । स्कुले उमेर देखि नै कृषिमा रुचि थियो । पछि यिनले आधुनिक कषि फार्म संचालन गर्न थाले । कृषकहरुले उत्पादन गरेको फसललाई खरिद गरेर बजार सम्म पुर्याउने काममा सक्रिय बनेका थिए । ‘अहिले कृषिमा अझै राम्रो सम्भावना देख्दै गएका छौं ’ यिनले भने ।

 

यसरी बन्यो योजना – तीनैजना साथीहरु स्कुले जीवनमा खुब मिल्थें । संयोगले धेरै समयपछि चियापसलमा भेट भयो । तीनैजनाले एकले अर्काको हालखबर सोधे । सबैले अब नेपालमै केहि गर्ने इच्छा भएको सुनाए । तर के गर्ने ? कुनै योजना थिएन । पछि सुजनले लोकल प्रजातिको कुखुरा पाल्ने योजना सुनाए । तीनैजनाको मन मिल्यो । कुखुरा पालनका लागि अध्ययन अनुसन्धानमा जुटे । यो बीचमा धेरै ठाउँका फारममा पुगें । विशेषज्ञहरु सँग सुझाव समेत लिए । योजना राम्रो बन्यो । वडा नं. १० वडगाउँमा रहेको विजय वर्ताैलाकै जग्गालाई भाडामा लिएर कुखुरा पाल्ने निधोमा पुगे ।

कुखुरालाई चाहिने खोर देखि अन्य संरचना बनाउन आफै जुटे । अहिले एकजना कर्मचारी कुखुराको रेखदेखका लागि राखेका छन् । यिनीहरुको फार्ममा विभिन्न प्रजातिका १२ सय कुखुराहरु छन् ।  खोरमा ५ हजार सम्म कुखुरा थियो । खोरमा भएका कुखुराहरु बिक्री भए, अहिले पानीपर्ने समय भएकाले कुखुराको संख्या कम भएको छ । ५ कट्ठा ५ धुर जग्गामा व्यवसायिक कुखुरा पालन गरेका हुन । अहिले २२ प्रजातिका लोकल कुखुराहरु खोरमा छन् ।
साकिनी, घाँटी खुइले, उल्टेप्वाख, कटकथान, टर्की, सिल्की, इङलिस व्यान्टम लगायतका कुखुराहरु छन् । स्थानीयदेखि विदेशवाट समेत कुखुरा ल्याएर पालिरहेका छन् । अन्य पेशामा भन्दा यो क्षेत्रमा थोरै लगानीले राम्रो मुनाफा हुने विक्रम पंजियारले बताए ।

यिनीहरुले कुखुरा पालनसँगै ह्याचारी समेत संचालन गर्दै आएका छन् । एकपटकमा एकहजार वटा सम्म बच्चा निकाल्न सक्ने क्षमता छ । ह्याचारी सँगै खोरलाई अझै बढाउँने योजना छ ।  डेढवर्ष अघि १५ लाख रुपैयाँबाट सुरु गरेका थिए । अहिले अन्य खर्च कटाएर ३० लाखको पुँजी जोडन सफल भएका छन् । यिनीहरुले लोकल प्रजातिका भालेपोथी सँगै चल्ला विक्रीवितरण गर्दै आएका छन् । मासु प्रयोजनका लागि कतिपय स्थानीयहरु खोरमै लिन पुग्ने गरेका छन भने । नजिकैका बजारहरुमा माग आएको बेला डेलिभरी सुविधा दिएका छन् । चल्ला र मासुको माग थेग्न नसक्ने अवस्थामा छन् । विराटनगर सम्मबाट चल्लाको माग आउने गरेको छ । नजिकैका कृषक देखि अन्य जिल्लाका कृषकहरुले माग गरेको चल्ला पुर्याउन हम्मे हम्मे परेको अर्का संचालक सुजन चौधरीले बताए ।

यस्तै चल्लाहरु भने देशका विभिन्न शहर सम्म लैजाने गरेका छन् । पछिल्लो पटक इच्छा कामना गाउँपालिकाले समेत यिनीहरुले उत्पादन गरेको चल्ला किनेर आफ्ना विपन्न नागरिकहरुका आयआर्जनका लागि वितरण गरेको छ ।
निकट भविष्यमा पर्सा बजारमा लोकल हाँस, कुखुराको मासु विक्री वितरणका लागि फ्रेस हाउस संचालन गर्ने योजना छ । यस्तै हाल भएको कुखुराको खोर वरिपरि नै बाख्रापालन गर्ने तयारीमा जुटेका छन् । व्यवसायिक रुपमा उन्नत जातका ब्राखापालन सँगै माछापालनलाई पनि जोड दिने यिनीहरुको योजना छ ।

 

 



ट्रेन्डिङ