ब्राजिलमा २४ घण्टामा ४२ हजार १६९ जना नयाँ संक्रमित

ब्राजिलमा २४ घण्टामा ४२ हजार १६९ जना नयाँ संक्रमित

एजेन्सी २६ असार। महामरीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ब्राजिलमा १७ लाख ५५ हजार ७७९ संक्रमित पुगेका छन्। ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४२ हजार १६९ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या १७ लाख ५५ हजार ७७९ पुगेको हो।

त्यस्तै कोरोना भाइरसका कारण करिब ७० हजार व्यक्तिको ज्यान गएको छ । गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९ हजार १८४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।



ट्रेन्डिङ