भीमफेदी–कुलेखानी सडकखण्डमा ६ ठाउँमा पहिरो

भीमफेदी–कुलेखानी सडकखण्डमा ६ ठाउँमा पहिरो

हेटौंडा २६ असार। बिहीवार साँझदेखि परेको वर्षाले हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडकमा पहिरो गएको छ । छोटोमार्ग अन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डको ६ ठाउँमा पहिरो खसेको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठका अनुसार सो सडकखण्डमा आधा दर्जन पहिरो खसेको छ। भीमफेदीको जुरिखेत, चिसापानी गढीलगायतका ३ ठाउँमा ठूलो पहिरो गएको छ ।

श्रेष्ठका अनुसार अन्य ठाउँमा सानो पहिरो खसेको छ । पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए । प्रदेश यातायात पूर्वाधान निर्देशनालयले भीमफेदी–कुलेखानी सडक फराकिलो पार्ने काम गरिरहेको छ । सडक निर्माणको क्रममा कटिङ गर्दा सामान्य वर्षा हुँदासमेत यहाँ पहिरो जाने गरेको छ ।



ट्रेन्डिङ