तनहुँको पुल्चोक बजारमा पस्यो सेती नदी

तनहुँको पुल्चोक बजारमा पस्यो सेती नदी

पोखरा २६ असार । लगातारको वर्षाले सेती नदी उर्लिएर आए पछि तनहुँको शुक्लागण्डकी नगरपालिका ४ पुल्चोक बजारमा नदी पसेको छ ।

सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

वडा नम्बबर ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार सेती नदी बढेर बस्तीभित्रै छिरेपछि त्यहाँका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । केही चौपायालाई बगाएको पनि छ । क्षतिको विवरण संकलन हुदै छ।स्थानीयलाई सामुदायिक भवनमा खाने, बस्ने प्रबन्ध मिलाइएको छ।

नेपाली सेना र प्रहरीसँगै जनप्रतिनिधि पनि डुबानमा परेको क्षेत्रमा खटिएका छन् ।



ट्रेन्डिङ