जाजरकोटमा पहिरोमा परि ३ जनाको मृत्यु,९ जना बेपत्ता

जाजरकोटमा पहिरोमा परि ३ जनाको मृत्यु,९ जना बेपत्ता

जाजरकोट २६ असार। बिहिबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ४ बोहोरा गाउँमा गएको पहिरोमा परि ३ जनाले ज्यान गुमाएका छन् भने ९ जना बेपत्ता भएका छन् ।

प्रदेश सभा सदस्य कृष्णा शाहका अनुसार बोहोरा गाउँमा बस्दै आइरहेका ६ जनाको परिवारको घरलाई पहिरोले पुरेको छ ।

अहिलेसम्म  ३ जनाको शव फेला परेको र अझै ९ जना बेपत्ता छन। जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी घटनास्थलतर्फ गइरहेको छ । इलाका प्रहरी कार्यालय, स्थानीयहरुको सहयोगमा अहिले उद्धार कार्य जारी छ



ट्रेन्डिङ