सलहको ठूलो झुन्ड नेपालमा छिर्ने सक्ने सम्भावना

सलहको ठूलो झुन्ड नेपालमा छिर्ने सक्ने सम्भावना

चितवन २६ असार। भारतको राजस्थानको सिकर आसपासबाट छटपटिएर सलहको ठूलो झुन्ड पूर्वउत्तरतिर उड्न थालेको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार राजस्थान हुँदै उडेका सलह नेपालमा छिर्ने सक्ने सम्भावना छ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलहको विवरण लिन स्थापना गरेको सूचना केन्द्रले जानकारी दिएको छ ।

वर्षा भइरहेका कारण सलह किरा नेपाल छिर्ने सकेन सम्भावना कम भएपनि जोखिम बढेको सलह सूचना केन्द्रले जनाएको छ । सलह किराको उड्ने दिसा र मापन अध्ययन गर्ने प्लान्ट भिलेज तथा संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि कार्यक्रमले केन्द्रलाई उपलब्ध गराएको

सलहको मूभमेन्ट सम्बन्धि जानकारी अनुसार यस्तो अनुमान गरिएको केन्द्रले जानकारी दिएको छ ।राजस्थानको सिकर आसपासको करिब ४ सय जमिनमा छरिएर रहेको सलहको ५ वटा झुण्ड चुरु हुँदै पूर्व र उत्तर भएर अघि लागेको केन्द्रले बताएको छ ।

सलहको जोखिम क्षेत्रमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले विषादी छर्कन तयारी गरेको उनको भनाइ छ ।



ट्रेन्डिङ