निरन्तर परेको वर्षाले राप्ती र बुढी राप्ती नदिकाे बहाब बढ्दैै, नदि वरपर रहेका हाेटल, रेष्टुरेन्टहरूले सुरक्षित स्थानमा सामान सार्न थाले

निरन्तर परेको वर्षाले राप्ती र बुढी राप्ती नदिकाे बहाब बढ्दैै, नदि वरपर रहेका हाेटल, रेष्टुरेन्टहरूले सुरक्षित स्थानमा सामान सार्न थाले

दीपेश चाैधरी

चितवन २६ असार । हिजाे अपरान्हदेखि निरन्तर परेको वर्षाका कारण राप्ती नदि र बुढी राप्ती नदिकाे बहाब पढ्दै गएपछि नदिि वरपरका स्थानीयले सुरक्षित स्थानमा सामान सार्न थालेका छन् । साैराहाकाे राप्ती नदि किनार वरपरकाे हाेटल तथा रेष्टुरेन्टहरूले सुरक्षित स्थानमा सामानहरू सार्न थालेका छन ।

यताबुढी राप्ती नदीकाे पानी हाेटल तथा रेष्टुरेन्ट सम्म पुग्न थालेको छ । सिसुवार चाैर खेल मैदान सम्म पानी पुगिसकेको छ । सिसुवारमा खेलमैदान नजिकै निमार्ण हुन लागेको सिटि हल सम्म नदिकाे बाढी पुगिसकेको छ । पानी पर्ने क्रम जारी रहे नजिकैको हाेटलहरूमा बाढी प्रवेश गर्न समय लाग्दैन । बाढी प्रवेश गर्न सक्ने भएकोेले हाेटल तथा रेष्टुरेन्टका सामानहरू सुरक्षित ठाउँमा सार्नेकाम भइरहेको छ । 



ट्रेन्डिङ