नारायणी नदी पानीको बहाब बढ्यो,नवलपरासीको बर्दघाट क्षेत्र बाढीको उच्च जोखिममा

नारायणी नदी पानीको बहाब बढ्यो,नवलपरासीको बर्दघाट क्षेत्र बाढीको उच्च जोखिममा

चितवन २६ असार। अविरल वर्षा सङ्गै नारायणी नदी पानीको बहाब बढेको छ।पानिको बहाब बढेसंगै नवलपरासीको बर्दघाट क्षेत्र बाढीको उच्च जोखिममा परेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार नवलपरासीको बर्दघाट, कास्कीको पोखरा र लम्जुङका बेसिशहर, खुदीबजार क्षेत्रमा नारायणी नदीको बाढी खतराको संकेतसम्म पुगेको छ ।

विभागका अनुसार आज(शुक्रबार)दिएको जानकारीअनुसार प्रदेश २, ५ र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ र आज देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित पानी पर्ने जनाएको छ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बिभागले जानकारी गराएको छ ।



ट्रेन्डिङ