ज्योतिषी अर्जुन क्षेत्री पक्राउ

ज्योतिषी अर्जुन क्षेत्री पक्राउ

चितवन २६ असार। ज्योतिषीको रुपमा परिचित अर्जुन थापा क्षेत्री पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्दै हिँडेका अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् ।क्षेत्रीसहित ९ जनालाई ठगीको आरोपमा आयोगको टंगाल टोलीले पक्राउ गरेको हो ।

यसअघि पनि भूकम्प आउँछ भनेर भ्रम फैलाएको आरोपमा पक्राउ परेका उनि यसपटक भने नेपाल विधुत् प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै उनीहरूले ४ करोडको मागेका थिए । स्रोतका अनुसार उनीहरूको डिल ५० लाख रुपैयाँमा मिलेको थियो ।सो पैसा लिन जाँदा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । क्षेत्री यसअघि पनि भूकम्प आउँछ भनेर भ्रम फैलाएको आरोपमा पक्राउ परेका थिए ।



ट्रेन्डिङ