म्यागदीमा पहिरोमा परि सात जना बेपत्ता

म्यागदीमा पहिरोमा परि सात जना बेपत्ता

बेनी २६ असार। म्यागदीमा लगातारको वर्षासँगै पहिरो जाँदा धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् ।

मराङका वडाध्यक्ष राजाराम सुवेदीका अनुसार घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका हुन् । उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।

गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको र अझै पनि पहिरो खस्ने क्रम नरोकिएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए।

यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । घरका मानिसले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा एक जना घाइते भएका छन् ।



ट्रेन्डिङ