लमजुङमा पहिरोले एकै परिवारका तीन जनाको मृत्यु

लमजुङमा पहिरोले एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं २६ असार। अविरल वर्षा पछि लमजुङमा आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

लमजुङ प्रहरीका अनुसार बेसीसहर नगरपालिका ७ सातबीसेमा बिहीबार राति १२ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको छ।

‘राति घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेको थिए।’ लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाले जानकारी दिए।

पहिरोमा अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमने गुरुङ रहेको थापाले जानकारी दिए।



ट्रेन्डिङ