बोलिभियाकी राष्ट्रपति ज्यानिन अनेजलाई कोरोना संक्रमण

बोलिभियाकी राष्ट्रपति ज्यानिन अनेजलाई कोरोना संक्रमण

एजेन्सी २६ असार। बोलिभियाकी राष्ट्रपति ज्यानिन अनेजलाई कोरोना संक्रमण भएको छ। उनले बिहीबार ट्वीट गर्दै आफू ठीक रहेको र आइसोलेसनमा बसेर काम गरिरहेको बताएकी छन्। उनले सबैको प्रयासबाट यो महामारीबाट बाहिर निस्कने पनि उल्लेख गरेकी छन्।

एक साता अघि सोहि देशको स्वास्थ्यमन्त्री मारिया इडीलाइ पनि कोरोना संक्रमण भएको थियो।

बोलिभियामा हालसम्म ४२ हजार जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ५ सय जनाको मृत्यु भएको छ।



ट्रेन्डिङ