म्यानचेष्टर युनाइटेडले फराकिलो जित हात पार्‍यो

म्यानचेष्टर युनाइटेडले फराकिलो जित हात पार्‍यो

काठमाडौं २६ असार। इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले फराकिलो जित हात पारेको छ।

म्यानचेष्टर युनाइटेडले एस्टन भिल्लालाई ३–० गोलले हराउदा ब्रुनो फर्नान्डेज, म्यासन ग्रिनउड र पउल पोग्बाले एक–एक गोल गरे। फर्नान्डेजले २७ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा ग्रिनउडले अर्को गोल थपेपछि म्यानचेष्टरले २–० को अग्रता बनायो।

म्यानचेष्टरले ३–० को अग्रता लिन खेलको ५८ औं मिनेटमा पोग्वाले गोल गरे। त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र  एस्टोन भिल्ला ३–० ले पराजित भयो । जितसँगै म्यानचेष्टर ५८ अंकसहित तालिकाको पाँचौं स्थानमा छ भने एस्टन भिल्ला २७ अंकसहित पुच्छारबाट दोस्रो स्थानमा छ।

गएराति भएका अन्य खेलमा एभर्टन र साउथह्याम्पटनले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् भने  टोटनह्याम र एएफसी बर्नमाउथबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।



ट्रेन्डिङ