छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा बढ्यो

छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा बढ्यो

काठमाडौं २५ असार । सरकारले सामाजिक दूरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी गराएका हुन् ।

यातायात व्यवसायीले साविक भाडामा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् । सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने खतिवडाले बताए ।

सरकारको निर्णयअनुसार काठमाडौंको हकमा तीन जिल्लामा सवारीसाधन चल्न पाउनेछन् भने बाहिर सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।

सरकारको निर्णयअनुसार ट्याक्सीहरू तत्कालै चल्न सक्नेछन् भने सार्वजनिक यातायातको हकमा भने समय लाग्न सक्छ । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् ।



ट्रेन्डिङ