PBM News
नेपालका ५ वटा जिल्ला करोना फ्रि

चितवन २५ असार। स्वास्थ्य मन्त्रालयको अनुसार नेपालका ५ वटा जिल्ला करोना फ्रि भएका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला कोरोना फ्रि जिल्ला भएको बताए । यी जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो ।
५ सयभन्दा बढी संक्रमित जिल्ला ६ वटा रहेको उनले बताए । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कलाली र बाजुरामा संक्रमितको संख्या ५ सय भन्दा बढी रहेका छ ।
बिहीबार कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । बिहीबार काठमाडौंसहित देशभर १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।