२४ घन्टामा थपिए १ सय ८ जना कोरोना संक्रमित

२४ घन्टामा थपिए १ सय ८ जना कोरोना संक्रमित

काठमाडौं २५ असार। नेपालमा पछिल्लो २४ घन्टामा १ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा पुष्टि भएको हो।

यससङ्गै अहिलेसम्म निको हुनेको संख्या ७ हजार ८ सय ९१ जना रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।



ट्रेन्डिङ