मध्यभोटेकोसी जलविद्युत आयोजना क्षेत्र डुबानमा

काठमाडौं २५ असार। मध्यभोटेकोसी जलविद्युत आयोजना क्षेत्र बाढीका कारण डुबानमा परेको छ।
बाढी र पहिरोका कारण आयोजनामा भएको क्षतिको यकिन भईसकेको छैन,तर बाढीबाट पुरै आयोजना प्रभावित भएको आयोजना प्रमुख सुनीलकुमार लामाले जानकारी दिए।
‘आयोजनामा क्षति भएको छ। हामी अझै आयोजनास्थलमा पुग्न सकेका छैनौं। पावरहाउसमा खोल्ची खोलाबाट आएको पानी पसेको छ र लेदो नै लेदो भरिएको छ,’ आयोजना प्रमुख लामाले भने, ‘इलेक्ट्रोमेकानिकल सामग्रीहरु बगाएको छ। सामान राखेको गोदाम पुरिएको छ।’
भोटेकोसी नदी नभई माथिबाट उर्लिएर आएका खहरेहरु आयोजना क्षेत्रमा पसेको र अहिले त्यहाँ उद्धार टोली पुगिसकेको पनि उनले बताए।
मध्यभोटेकोसी आयोजनाका पुरिएका सामान क्रेनले निकाल्ने काम भईरहेको मेयर शेर्पाले बताए।