नारायणकाजीको बकवास बन्द गर्न भारतीय मिडियालाई चेतावनी

नारायणकाजीको बकवास बन्द गर्न भारतीय मिडियालाई चेतावनी

काठमाडौं २५ असार। पछिल्लो केहिदिन यता ओलीबारे भारतीय सञ्चार माध्यमले गरेको टिप्पणिलाइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीबारे भारतीय सञ्चार माध्यमले गरेको अनर्गल प्रचारलाई बकवास भएको बताएका छन्।

उनीहरूको अनर्गल प्रचारले सीमा नाघेको, हद भएको भएको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले बकवास बन्द गर्न भारतीय सञ्चार माध्यमहरूलाई आग्रह गरेका छन्।

उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको पनि उल्लेख गरेका छन्।

भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गरु श्रेष्ठले ट्वीट गरेका छन् हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं। विदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिने छैनौ। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।



ट्रेन्डिङ