सर्पले टोक्दा श्रीमानको मृत्यु ,श्रीमतीको उपचार जारि

सर्पले टोक्दा श्रीमानको मृत्यु ,श्रीमतीको उपचार जारि

दैलेख २५ असार। दैलेखको नारायण नगरपालिका–२, कुसाडामा सर्पले टोक्दा एक युवकको मृत्यु भएको छ । सर्पले टोक्दा नारायण नगरपालिका–२, कुसाडाका २० वर्षीय ललित नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बुधबार राति सुतिरहेको अवस्थामा नेपालीलाई सर्पले टोकेको हो ।

सर्पले टोक्दा नेपालीको मृत्यु भएको र उनकी श्रीमती भद्रा नेपालीलाई समेत सर्पले टोकेको प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।

‘श्रीमतीलाई सर्पले टोकेको थियो,’ उनले भने, ‘दैलेख अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ ।’



ट्रेन्डिङ