चिनिया राजदूत होउ यान्छी र प्रचण्डबिच भेटवार्ता

चिनिया राजदूत होउ यान्छी र प्रचण्डबिच भेटवार्ता

काठमाडौं २५ असार। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनिया राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छिन्।

बिहीबार बिहान यान्छीले प्रचण्डलाई भेट गरेकी प्रचण्ड निकट स्रोतले जनाएको छ।तर उनीहरु बीचको छलफलको विवरण भने प्राप्त हुन सकेको छैन।

पछिल्लो समय नेकपामा विवाद बढ्दै जाँदा राजदूत यान्छीले शीर्ष नेतासँगको भेटवार्तालाई तीव्रता दिएकी छिन्। यान्छीले नेकपा वरिष्ठ नेता माधव नेपाललाई गत आइतबार भेटेकी थिइन्। अर्का वरिष्ठ नेता झलनाथ खनाललाई भने मंगलबार भेट गरेकी थिइन्।

विवाद उत्कर्षमा पुगेर नेकपा विभाजन हुने आशंका बढिरहेका बेला राजदूत यान्छीले भेटेर मिल्नको लागि दबाब दिने गरेको शीर्ष नेता निकटका नेताहरुको भनाई छ।

 



ट्रेन्डिङ