हजुरआमाको हत्या गर्ने नाति पक्राउ

हजुरआमाको हत्या गर्ने नाति पक्राउ

कैलाली २५ असार। हजुरआमाको हत्या आरोपमा कैलालीमा नाति पक्राउ परेका छन्।

बुधबार चुरे गाउँपालिका-६ भावर बस्ने २३ वर्षीय गणेश बहादुर ऐरलाई प्रहरीले घरबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार उनले ७५ वर्षकी हजुरआमा पार्वती देवी ऐरलाई मंगलबार दिउँसो तीन बजे हत्या गरेका हुन्।

घरमा कोही नभएको मौका छोपी सुरूमा उनले फलामको रडले घाँटीमा प्रहार गरी घाइते बनाएका थिए।त्यसपछि घरको पश्चिमपट्टी रहेको अरहरको बारीमा लगी धारिलो हतियार ९दाउ०ले घाँटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

हत्या पछि सोही बारीमा अरहरको झारले लाशलाई छोपेका थिए।प्रहरीले हत्याको कारण नखुलेको जनाएको छ।



ट्रेन्डिङ