भारतले आफ्ना गुप्तचर निकायका प्रमुखसहित पुरै शक्तिलाई नेपालमा परिचालन गरेको नेपाली सैनिक स्रोतद्वारा खुलासा

भारतले आफ्ना गुप्तचर निकायका प्रमुखसहित पुरै शक्तिलाई नेपालमा परिचालन गरेको नेपाली सैनिक स्रोतद्वारा खुलासा

काठमाडौं २५ असार। नेपाली सैनिक स्रोतले भारतले आफ्ना गुप्तचर निकायका प्रमुखसहित पुरै शक्तिलाई नेपालमा परिचालन गरेको जिनकारी दिएको छ। नेशनल सेक्युरिटी एजेन्सी, रिसर्च एण्ड एनालाइसिस विङ्ग (रअ) र इन्जिटेलेजन्स ब्यूरो (आइबी) का प्रमुखहरु नै नेपाल आएको नेपाली सैनिक स्रोतले जानकारी दिएको हो।

केहि समय अगाडि भारतीय मिडिया द पायोनियरले पनि खुफिया संस्थाका प्रमुखहरु नेपालमा रहेको उल्लेख गरेको छ। नेपालको गुप्तचर स्रोतका अनुसार गत शनिबारदेखि नै भारतका खुफिया एजेन्सीका प्रमुख र कर्मचारीहरु सडकमार्ग हुँदै नेपाल भित्रिएका थिए।

सोमबारदेखि नै भारतीय खुफिया एजेन्सीको बाक्लो उपस्थितिसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा थप कडाई गरिएको छ। ओलीमाथि ‘थ्रेट बढेको’ भन्दै सुरक्षा निकायले सतर्कता बढाएका हुन्‌।

यसबीचमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीको सुरक्षाका लागि आन्तरिक सुरक्षा रणनीति नै बनाएर लागु गरिसकेको छ।



ट्रेन्डिङ