उपेन्द्र यादवले भारतीय च्यानलमा दिएको अन्तरवार्ता सबैतिर आलोचित,यादव भन्छन मैले भनेकै छैन

उपेन्द्र यादवले भारतीय च्यानलमा दिएको अन्तरवार्ता सबैतिर आलोचित,यादव भन्छन मैले भनेकै छैन

काठमाडौं २५ असार। जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव भारतीय मिडियालाई दिएको एउटा अन्तरवार्ताका कारण सामाजिक सञ्जालमा आलोचित बनेका छन्।

पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले भारतीय च्यानल टीभी ९ सँगको अन्तरवार्तामा ‘प्रधानमन्त्री ओली हनी ट्र्यापिङमा फसेको कुरा अस्वीकार गर्न नसक्ने’ बताएको भन्दै एउटा फुटेज प्रचार गरिएको छ ।

सोहि फुटेजलाई नेपालीहरुले पनि सामाजिक सञ्जालमा सेयर गर्दै यादवको आलोचना सुरु गरेका छन् ।

नेकपा भित्र ओलिको राजिनामा मागिए पछि पार्टी भितार खटपट सुरु भएको थियो र यसै बिच प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीका विषयमा भारतीय मिडियाले आपत्तिजनक रिपोर्ट बनाएको सन्दर्भमा नेपालका पूर्वउपप्रधानमन्त्री यादवसँग टीभी ९ का अभि उपाध्यायले प्रश्न सोधेका थिए ।

अन्तरवार्तामा यादवलाई सोधिएको छ, ‘कयौं स्रोतबाट यो कुरा आइरहेका छन् । नेपालको कम्युनिष्ट पार्टीभित्र पनि कुरा उठिरहेको छ कि किन चीनका राजदूतको हस्तक्षेपलाई ओलीले बढावा दिइरहेका छन् भनेर । त्यसैले म यो सवाल तपाईंसँग गर्दैछु कि के यो हनी ट्रापको मामला हुन सक्छ ?’

भिडियोमा यादवले जवाफ दिन्छन्, ‘यो कुरालाई इन्कार गर्न सकिँदैन । यसलाई गहिरोसँग हेर्नुपर्ने आवश्यकता छ । मानिसहरुले सवाल उठाइरहेका छन् । यसमा पनि केही तर्क छ ।’

प्रस्तोताले फेरि सोध्छन्, ‘के यो विषयमा अनुसन्धान हुनुपर्छ भन्ने तपाईंको आशय हो ?’

यादवले भन्छन्, ‘निश्चितरुपमा यसलाई जरोसम्म पुगेर हेर्नुपर्ने हुन्छ ।’

यादव भन्छन्- ‘तिनीहरुको बदमासी हेर्नोस् त !

तर यादव भने आफूले बोलेको कुरालाई तोडमोड गरेर भारतीय मिडियाले गलत प्रचार गरेको र बेइमानी गरेको बताउछन्। कथित ‘हनी ट्यापिङ’ का बारेमा सोधिएको प्रश्नमा आफूले यस्तो विषयमा अनुसन्धान गरेर, बुझेर मात्रै धारणा बनाउन आफूले भारतीय मिडियालाई सुझाव दिएको तर, हनी ट्यापिङबारे छानविन गरिनुपर्छ नभनेको यादवले स्पष्ट पारे ।

यादवका अनुसार उनले अगाडि बोलेको पनि काटिएको, वाक्य पूरा नै नभई वीचको राखेर प्रसारण गरिएको ,अध्ययन गर्नुपर्छ र अध्ययन गरेर मात्रै यस्तो कुराहरु बोल्न भनेको कुराहरु नराखिएको बताए।



ट्रेन्डिङ