नदीमा डुबेर एक बालिकाको मृत्यु,दाजुले कुटपिट गरी धकेलेको आरोप

नदीमा डुबेर एक बालिकाको मृत्यु,दाजुले कुटपिट गरी धकेलेको आरोप

कैलाली २५ असार। कञ्चनपुरको भीमदत्त नगरपालिका–१३मा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

बुधबार साँझ भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनार स्थानीय खोलामा डुबेर बेपत्ता भएकी र बिहीबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिकाको शव फेला परे लगत्तै उनका ३४ वर्षीय दाजु भरत सुनारलाई पक्राउ गरिएको बताए ।

‘दाजुले कुटपिट गरी खोलामा धकेलेको भन्ने सूचना आएको छ’, प्रहरी नायब उपरीक्षक थापाले भने, ‘त्यसैले अनुसन्धान गर्न मृतकका दाजुलाई पनि नियन्त्रणमा लिएका हौँ ।’



ट्रेन्डिङ