सिन्धुपाल्चोक पहिरोमा परी १८ जना बेपत्ता,दुई जनाको शव फेला

सिन्धुपाल्चोक पहिरोमा परी १८ जना बेपत्ता,दुई जनाको शव फेला

सिन्धुपाल्चोक २५ असार। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका आएको पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने दुई जनाको शव फेला परेको छ।

बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पालेका अनुसार ठूलो पहिरो गएको र १८ जना बेपत्ता भएको जानकारी प्राप्त भएको तर एकिन गर्न सक्ने अवस्था नरहेको बताए। ‘अहिले जम्बोमा जान लागेको छु, घटनास्थल जान सक्ने अवस्था छैन, उनले भने, ‘जुरे, बाह्रबिसे लगायतको क्षेत्रमा पनि बाटो अवरुद्ध छन्, पुल बगाएको छ।’



ट्रेन्डिङ