काठमाडौंमा कोरोना सङ्क्रमण बढे सङ्गै पीसीआर परीक्षण व्यापक बनाउने सरकारको तयारी

काठमाडौंमा कोरोना सङ्क्रमण बढे सङ्गै पीसीआर परीक्षण व्यापक बनाउने सरकारको तयारी

काठमाडौं २५ असार। काठमाडौंमा कोरोना भाइरस सङ्क्रमणमा निकै बृद्वि हुन थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ ।

राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने भएको हो ।

काठमाडाैं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाउन लागिएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले जानकारी दिए ।

कोरोना परीक्षणको दायरा बढाउनेका साथै सरकारले परीक्षणको नयाँ मापदण्ड समेत ल्याउन लागेको हो।

सरकारले अहिलेसम्म क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको मात्र परीक्षण हुँदै आएको थियो भने अब क्वारेन्टीनबाहिरका व्यक्तिको पनि परीक्षण गरिने छ ।

रोग नियन्त्रण महाशाखा प्रमुख डा. पाण्डेले स्पष्ट पारे, “अब क्वारेन्टीनबाहेकका व्यक्तिको कोरोना परीक्षण गरिने छ ।” उनका अनुसार बढी भीडभाड हुने कार्यालयका कर्मचारी, फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, नाकाबाट भित्रिने व्यक्तिहरूको कोरोना परीक्षण गरिने जानकारी दिए ।

सरकारले रेड जोनमा परेका जिल्लाहरु दैलेख, अछाम,रौतहट,कपिलवस्तु,बाँके र पाल्पा लगायतमा कोरोना परीक्षण गरिने छ ।

धेरै भिडभाड हुने,धेरै सेवाग्राही आउने मालपोत, खानेपानी, विद्युत्, बैङ्क र अस्पतालजस्ता कार्यालयका अग्रपङ्क्तिमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने तयारी गरिएको बताउँदै उहाँले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट बिहीबार टेकु, कालीमाटी तथा कलङ्की क्षेत्रका कार्यालयमा कार्यरत कर्मचारीको स्वाबको नमुना सङ्कलन गरिने जानकारी दिए ।



ट्रेन्डिङ