ओली–प्रचण्ड वान–टु–वान वार्ता सकियो, निष्कर्ष निस्किएन

ओली–प्रचण्ड वान–टु–वान वार्ता सकियो, निष्कर्ष निस्किएन

काठमाडौं २४ असार । पार्टीभित्र उत्पन्न सङ्कट निवारणका लागि बुधबार नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वान–टु–वान वार्ता सकिएको छ । नेकपाका दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताको निष्कर्ष ननिस्किएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको असार १४ गतेको अभिव्यक्तिपछि नेकपाभित्रको सङ्कट झन् गहिरिएको छ । प्रधानमन्त्री ओलीले मदन भण्डारी जयन्तीका दिन भारतले वर्तमान सरकार हटाउन लागेको र त्यसमा पार्टीका केही नेताले साथ दिएको बताएका थिए ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर स्थायी कमिटीमा राजीनामा दबाद बढेपछि बैठक अवरूद्ध हुँदै आएको छ । दुई अध्यक्ष तीन दिनदेखि वान–टु–वन वार्तामा छन् । प्रधानमन्त्रीले दुवै पद छाड्नुपर्ने अडानमा प्रचण्ड छन् । प्रधानमन्त्री राजीनामा बाहेकका विषयमा सहमति खोज्न तयार रहेको बताउँदै आएका छन् ।



ट्रेन्डिङ