पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल खारेज गर्न नेपाल विद्यार्थी संघको माग

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल खारेज गर्न नेपाल विद्यार्थी संघको माग

काठमाडौं २४ असार। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको छ ।

अहिले कोरोनाको कारण आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरिनु आफैंमा अमानवीय कार्य भएको भन्दै तत्काल मूल्य वृद्धि खारेज गर्नुपर्ने नेविसंघको भनाइ छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुँगानाको नेतृत्वमा गएको टोलीले बुधबार नेपाल आयल निगममा ज्ञापनपत्र बुझाएको संघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

लकडाउनको ३ महिनाको अवधिमा मात्र ३ अर्ब नाफा गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्यवृद्धि हुँदा पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ मूल्यवृद्धि गर्नु गलत भएको नेविसंघले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ  ।



ट्रेन्डिङ