कोरोना परीक्षणको पिसिआर शुल्क उठाए कारबाही हुने

कोरोना परीक्षणको पिसिआर शुल्क उठाए कारबाही हुने

काठमाडौं २४ असार। केही स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहहरूसँग पिसिआर परीक्षण शुल्क माग गरेको खबर आइरहेको बेला सरकारले कोरोना परीक्षणको पिसिआर शुल्क नियम विपरीत उठाएको पाइएमा कारबाही गर्ने जनाएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सरकारको निर्देशिका अनुसारका सबै कोभिड-१९ सँग सम्बन्धित परीक्षणको व्यवस्था सरकारको खर्चमा भइरहेकोले अनाधिकृत शुल्क लिएको पाइएमा कारबाही गरिने जानकारी दिए।

उनले भने,’केही स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहहरूसँग पिसिआर परीक्षण शुल्क माग गरेको बुझिएको छ। विद्यमान नियमानुसार कार्वाही गरिने व्यहोरा को जानकारी गराउँछु।’

नेपालमा पछिल्लो २४ घन्टामा २ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा चार हजार छ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ५५ जनामा पुष्टि भएको हो।



ट्रेन्डिङ