बिहीबारदेखि मुलुकभर वर्षकै धेरै पानी पर्ने

बिहीबारदेखि मुलुकभर वर्षकै धेरै पानी पर्ने

काठमाडौं २४ असार। गृहमन्त्रालयले बिहीबारदेखि चार दिनसम्म देशका विभिन्‍न स्थानमा वर्षकै धेरै पानी पर्ने जनाएको छ। गृहमन्त्रालयले प्रदेश १,२, बागमती र गण्डकी प्रदेशमा आइतबारसम्म चार दिन धेरै पानी पर्ने भएकाले सचेत रहन आग्रह गरेको छ। पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदी नालामा बाढी आउने भएकोले सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह छ।

लामो वर्षाले पहाडी भेगको भू-भाग गलिसकेको कतिपय ठाउँमा पहिरो पनि जान सक्ने गृहमन्त्रालयले जानकारी दिएको छ। ‘शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तराईका झापा, मोरङ सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा,सर्लाही, बारा, पर्सा,रौतहट र चितवन लगायत होचो ठाउँलाई डुबाउने भएकोले बेलैमा सचेत रहन आग्रह गर्दछौँ।’ त्यसैगरी यी चार प्रदेशका अलावा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दालाई समेत सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ।



ट्रेन्डिङ